Friday, May 31, 2019

"राजधानी मात्र देश होइन ।"                                                          2074-02-17 को Facebook Status बाट

"हर्न बजाए - कारबाही
जथाभावि बाटो काटे- कारवाही
यो गरे कारवाही - त्यो गरे कारवाही"
मानौं मेरो देश जम्मै सडकमा छ ।
मानौं मेरो सम्पुर्ण देश काठमाडौ को सडकमा छ ।
काठमाडौको सडकमै नितिनियम लागू गरे,
काठमाडौको सडकमा थिती बसे
कानुनी राज्य स्थापित हुन्छ -
सारा देशले काचुली फेर्छ ।
सबैलाइ चर्चित हुनु पर्या छ,
काम देखाउनु पर्या छ -
त्यो पनि सस्तो लोकप्रियताको लागि ।
तर त्यसकै लागि पनि पुर्वाधार तयार हुनु आवश्यक छ कि छैन?
गजवको देश छ मेरो ।
यता जथाभावी बाटो काटे बापत पैदल यात्रुलाई धमाधम रु. 200 जरिवाना या ३घन्टा नियन्त्रण मा राखिन्छ रे ।
उता बिकट क्षेत्रका जनता तेहि बाटोमा हिड्न नपाएर
सित्तैमा आफ्नो अमुल्य जीवन आहुती दिन बिवस छ्न । तिनिहरुको जीवनको मूल्य के?
सरकार ! सबै ठाउँमा बाटो बनाइदेउ, सजिलो गरि खुट्टा अड्याएर हिड्न मिल्ने बाटो ।
अनि त्यो बाटोमा जथाभावी हिडेबापत २०० होइन जनता ५०० तिर्न तयार छन् ।
राजधानीमा मात्र यो जग हँसाइ नगर ।
राजधानी मात्र देश होइन ।

No comments:

Post a Comment

MLM and DXN  My Presentation in Training 2077/05/20 2020-09-20, Saturday  6:15-8:15 PM (Nepal TIme) UNDER DXN is MY LIFE,  the weekly progra...