पुष माघ - स्नान माहत्म्य
बिहानै उठें,बाथरुम भित्र छिरें,
अति नै भो भन्दै भित्तातिर हेरें ।
अहो वाल मिक्सर लाग्यो, यामानको
उसको आकार आज झन छ अजङ्गको।
मलाइ केके भन्दै थ्यो, मैले मेसो पाइन,
उसको घुराइलाइ टेरपुच्छर लाइन ।
मैतिर घुर्दैथ्यो, मारौंला झैं गर्दै,
मैले पनि हेर्दिएँ, आँखा तर्दै तर्दै ।
बेसिन धारा खोलें आखा छ्याप्प पारें
यता उति हेरें नदेखेझैं टारें ।
पख्लास् म पनि हेर्छु तेरो पाइन
मंसिर पुष माघ पछि तेरो खैर छैन ।
फागुनमा देखाउँछु कसरी हो जाग्ने ।
माइनस तापक्रममा नुहाइ माग्ने?
अनि के त?
हेर्दै जाउँ अब केके हुन्छ आगे
चैत्र बैशाख पनि त आउला भन्दै भागें ।😊😊😊
No comments:
Post a Comment