चिया पिइसकेर उसको घरबाट हिँड्ने बेलामा
-बैरागी काइँला
आज, मेरो हजुर–को
दर्शनार्थ— धृष्टता गरौँकि भनेर
इः, यसरी गुन्डिएर आएकोथिएँ
आज, मेरो हजुर–को
सेवार्थ के–के भनौँकि भनेर
इः, यसरी झुन्डिएर आएको थिएँ
शिष्टताका निम्ति साधुवाद ।
चियाका निम्ति धन्यवाद ।
अरू के भनौँ…
सब बिर्सिएँ, जे–जे भनौँ भनेर आएको थिएँ।
हेर्नुहोस्…
यी आँखामा जो लजाइरहेका तस्बिर थिए
मेरो हजुरकै हुन् कि भनेर
चिनाउन आएको थिएँ।
No comments:
Post a Comment