पत्तो पाइन समयको कुन पलमा भित्र पस्याै
अाजीवन सदस्य भै मनकाे मझेरीमा बस्याै ।
अाजीवन सदस्य भै मनकाे मझेरीमा बस्याै ।
परिचित मुहारमा कठाेरताको भाव राखें
त्यही विज झाङ्गीएछ संस्मरणमा आज चाखें ।
शयरगर्दै नयनपथ कुन घडिमा भित्र पस्याै
अाजीवन सदस्य भै मनकाे मझेरीमा बस्याै ।
एकवचन पश्न मेरो आशय ति भङ्गिमाको
एकोहोरो हेराइ तिम्रो प्रहार जस्तै संगीनको
त्यही प्रहारमा मल्हम लाउन कुन घडिमा भित्र पस्याै
अाजीवन सदस्य भै मनकाे मझेरीमा बस्याै ।
No comments:
Post a Comment