---- देउडा गीत ----
दिनै उधै रातै उधै
का जान्छै पानीया
काहा
जाइछै के फल खाइछै मेरी सुन्खानिया ।
उधो बग्न्या
कर्नालिया उभो उठ्न्या फिन
एउटै
घाम ताप्न्या हामी भेट हुनैन किन ।
कर्नाली घुमाउरो
बग्दो लौरी बगाउदैन
बैरागिया
दुखी मन डुलि अघाउदैन ।
बटौली छिटको गुन्यु
चोली मखमलको
संसारै
दुखीका लागि एकै छिनको झल्को ।
खाउँ भन्या सुकी
जान्या पानीका पधेरा
रातरातै
छन् दुखारीका दिन पन अँधेरा ।
जाउँ भने बाटो छैनै
हिउँ परिगै लेख
बाल
कालै क्या लागिगो कलेजीका ठेक ।
भेट हुन पायान मैले, भोटे बाइगो भोट
आकाशका
तारा जत्ती, हृदयका चोट ।
हात गोडा सादी धुली
हिन्न जरा खाइद
कालले
लै गया भलो यसो गरि चाइ त ।
जा मौरी जाजरकोट ल्याइ जा रस मेठा,
साइ
जुनको, मै दिनकी कैल होला भेट ।
हातै जरा पातै गेडा
पाटन बुकीका
मैना
लामा पर्देशीका दिन लामा दुखीका ।
बुङ्तेलका दुवाचौर कोदी
नल खतेरो
कलिजुगका छलीकुरा लाग्दैन पतेरो ।
जा चिटिक सरासर गैजा
साथी बैने कोठा
साथीका रैवार ल्याइआ दुबला छन कि मोटा ।
भेरीका डाङडुङ्गे खोला
नागो लाइदे नरी
सुख
भन्नु सपनै सरी दु:ख जनम भरी ।
हिउँ विलाइगो ठण्डि
रैगो हिउचुली खागर
बाचुन्जेल
हासखेल गरौ मरे ले सागर ।
पतर काटी बन्दुकै त
सिसा काटी गोली
सास
परानका क्या भरोसा आज हुन कि भोली ।
कोइरालो फूली झकमक
त्यो पारी बनमा
लाग कुइरी लेखका काठ नलाग कुइरी मनमा ।
बाजो राम्रो
विनयोको स्वरराम्रो चर्खाको
मु
मयाँ मानीर क्यारुँ फुलवारी अर्का को ।
सल्ली उँधो
लोटिमर्यो दै चाउले बहर
मेरै बारी फुल फुल्दैनन् मै मान्दाउँ
रहर ।
आदीमैना मंसीरैको
भर मैना पुसैको
आइ
साल भन्नु मेरो हैन जो बाच्यो उसैको ।
फुल फुटिगो कोट्टो
रैगो चल्लो बाइगो चर्न
हामी त सचेत भैग्यौं तुमी सक्न्या पर्न
।
घरकी मायालु बैनी
पोइल जाने भैछ
दिन जाँदो सोचेको थीएँ जोवन जाँदो रैछ ।
शहर ति दरबारै ठुला
दर्पन टाँसेका छन्
मन मेरा साउनका मैना¸ दन्त हासेका छन् ।
आज दाउरा कोइ न गया
कोइरालीमा बाघ छ
छुटने फाटने बेला झन मन रुन लाग्छ ।
उधो बग्न्या
कर्नालिया उभो उठ्न्या फिन
आफु
त कस्तुरी भन्छौ¸बास आउनैन किन ।
हिउँचुलीया डाफेचरी
पानी काँ खाँदो हो
हाडमास मिट्टिका भर सुर्ता काँ जाँदो हो
।
हात्तीले मजल्कै
लग्यो लाल झाडिका केला
साइले मायाँ दुनी लायो छाडी जान्या बेला
।
पानीखा पदेरि नखा
पदेरीका बाघ
पर्देशी हूँ पर्देशै छुँ पर्देश मेरा
भाग ।
डाली बस्या मै
मारम्ला गै जा मालु गैजा
धन न जा ज्यु पनि नजा मनका जसो होइजा ।
बाटै छेउका जुके
नाउला कोइ पानी पिउलाकि
भोकै छ बाजको चल्लो
कोइ चारो दिउला कि ।
No comments:
Post a Comment