गजल
श्रीबाबु कार्की ‘उदास’~

उद्घाटन भन्दा पनि भ्रष्टचारमा नाम आयो
त्यसैले त अख्यितायरको बडालामो खाम आयो ।।
त्यसैले त अख्यितायरको बडालामो खाम आयो ।।
सबै कुरा ठीकै थियो केबल भुडी बढेको हो
सुत्केरीको भत्ता खाँदा अति धेरै दाम आयो ।।
सुत्केरीको भत्ता खाँदा अति धेरै दाम आयो ।।
गाउँमा खाको आटो पिठो बिर्सिएर होला कतै
एकाबिहान हजुरकोमा पाउरोटी र जाम आयो ।।
एकाबिहान हजुरकोमा पाउरोटी र जाम आयो ।।
मध्यरातमा अख्तियारले छापा मार्दा मार्दै
गर्दा कसोगरी त्यो मुखमा हरे राम राम आयो ।।
गर्दा कसोगरी त्यो मुखमा हरे राम राम आयो ।।
रिझाउनलाई कति सक्या साला साली नाता गोता
जेलबाट छुटाउन पनि कत्रो विध्न लाम आयो ।।
जेलबाट छुटाउन पनि कत्रो विध्न लाम आयो ।।
झुले – २ , दोलखा
श्रोत: https://sahityasangraha.com/