बिहान 3:15 मा प्यारीको मेसेज आयो। झसङ्ग भैयो के पो भयो यो अमिल्दो समयमा मेसेज। " झरी गड्याङ्ग गुडुङ्ग -सुत्नै सकिन "बु"। तिमी चाहिं किन नि यतिबेला ब्युँझेको?" यहि थियो म्यासेजमा ।
उत्तर फर्काएँ "उस्तै हो "बु" यहाँ पनि।बाहिरको गड्याङ्गगुडुङ्ग अनि मनभित्रको सन्नाटा।"
मेसेज सेन्ड नहुदै भित्रको सन्नाटालाइ चिर्दै मनमा पनि आँधिबेहेरी मडारिंदै मन अशान्त हुनथालेको छ।