सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ।
घरमा आमाले खाना
बनाउनु भयो । श्रीमतीले घरको सरसफाइ गरिन् । छोरो र म बिहान भरी Ipad र
Mobile मा गेम खेलेम(आज छोरोको स्कुल बिदा छ नि त) । अनि वेलैमा खाना
खाइदिएर मैले आमालाइ भान्छामा र श्रीमतीलाई चुलोचौकोमा सघाएर ठुलै गुन लगाएँ कारण - उनलाइ मैले समयमै खाइदिँदा काम गर्न छिट्टो भो । अनि हतार हतार तयार भएर निस्किन् कलेजका लागि । म अफिस आउँदा उनलाइ कलेज
सम्म पुर्याइदिएर फेरी सहयोग गरेँ। (आज मेरो अफिस अनि उनको कलेज दुवै बिदा छैन। "कलेजमा
कोर्स सक्ने चटारो छ " भन्दै थिइन उनी ) ।
अनि अफिस आए ।अन्तर्राष्ट्रिय श्रमिक
महिला दिवसको शुभकामना बिहानै सामाजिक सन्जालमा राख्दा फ्याट्ट घरकाले थाहा पाउलान् भनेर अफिस आएपछी twitter र facebook मा आदर्शबादी दर्शन छाटेर Twit र Status
हालेँ । यसरि मैले आजको अन्तर्राष्ट्रिय नारी दिवस सफल पार्न अहम भुमिका
खेलें ।
म जस्तै सुकुल्गुन्डा नारीवादी कति छम दुनियाँमा ! सबैले एक्चोटी हात उठाम् त
😂
😂
😂।।।
फेरि पनि भन्न मन लाग्यो - बोलीमा हैन, ब्याबहारबाटै सबैको श्रमको उचित सम्मान होस् अनि त्यो सम्मान आफ्नै घरबाट शुरु गरौं ।
१०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन् २०१८ को सबै महिला पुरुषमा हार्दिक हार्दिक शुभकामना ।