स्कुल पढ्दा शुक्रबार सधैं अतिरिक्त क्रियाकलाप हुन्थे ।
हाजिरी जवाफ, हिज्जे, रचनाबाचन ( कथा, कविता, मुक्तक), वादविवाद, वक्तृत्वकला गाउँखाने कथा,खेलकुद - कहिले के कहिले के ।
गाउँ खाने कथा भनिन्थ्यो । गाउँ खाइयो कति धेरै पटक - जवाफ नमिलाउनेहरुबाट । अनि कहिलेकाहिँ गाउँ दिइयो पनि । ति मध्ये शुरुमा आफ्नै गाउँ दिइन्थ्यो नपुगे अरुका अरुका गाउँ समेत कब्जा हानिन्थ्यो ।
केही जिते जिते जस्तो । केही पाए पाए जस्तो - मख्ख परिन्थ्यो मञ्चमा बसेर अरुका अनुहार पढ्न पाउँदा अरुलाइ हराउन पाउँदा । अझ बराबरी अंक भएको बेला कठीन प्रश्न गर्न पाएर प्रतिश्पर्धी साथीलाइ अाकुल ब्याकुल पार्दाको क्षण साच्चै आनन्ददायक हुन्थ्यो ।
कथा प्रश्न :
....................................... ......................
उत्तर शुन्य भएपछी गाउँ मागियो । पाइयो गाउँ अर्थात खाइयो गाउँ । अनि फुकाइयो उत्तर
तर आज भुकम्पले साँच्चै गाउँ खाँदा चाहीं मन खिन्न भाएको छ ।
प्रश्न मेरो मनमा उठ्यो मनमै ठोक्कियो मनमा भुइंचालो लिएर आयो तर बिलाएन कतै । गाउँखाने कथा बारेको यो प्रश्न मन
(नोट : २०७२ साल बैसाख १२ गतेको बिनासकारी भुकम्प र निरन्तरका परकम्पनको त्रासदीमा मनमा आएका भावनालाइ तत्कालिन समयमा एकिकृत गरिएको तर प्रकाशनमा केहि ढिलाइ भएको । लेखन: 2072-04-31, प्रकाशन: 2074-04-32.)
हाजिरी जवाफ, हिज्जे, रचनाबाचन ( कथा, कविता, मुक्तक), वादविवाद, वक्तृत्वकला गाउँखाने कथा,खेलकुद - कहिले के कहिले के ।
धेरै पटक भाग लिइयो । कहिले हारियो कहिले जितियो । थोरैपटक होला दर्शकदिर्घामा स्थान लिएको ।
ति मध्ये कमैमात्र हुन्थ्यो गाउँखाने कथाको पालो ।गाउँ खाने कथा भनिन्थ्यो । गाउँ खाइयो कति धेरै पटक - जवाफ नमिलाउनेहरुबाट । अनि कहिलेकाहिँ गाउँ दिइयो पनि । ति मध्ये शुरुमा आफ्नै गाउँ दिइन्थ्यो नपुगे अरुका अरुका गाउँ समेत कब्जा हानिन्थ्यो ।
केही जिते जिते जस्तो । केही पाए पाए जस्तो - मख्ख परिन्थ्यो मञ्चमा बसेर अरुका अनुहार पढ्न पाउँदा अरुलाइ हराउन पाउँदा । अझ बराबरी अंक भएको बेला कठीन प्रश्न गर्न पाएर प्रतिश्पर्धी साथीलाइ अाकुल ब्याकुल पार्दाको क्षण साच्चै आनन्ददायक हुन्थ्यो ।
रमाइलो हुन्थ्यो उबेला गाउँ खान पाउँदा । दिन पर्दा चाहि अनुहार चुस्स पर्थ्यो ।
तिनै मध्ये आज आफुले गाउँ खाएको एउटा गाउँखाने कथा मनमा टड्कारो भएर आएको छ ।कथा प्रश्न :
"हुन चाहीँ हो,छन चाहीँ छ
चाहीँदा नि चाहीन्न खोजेर नि पाइन्न" के हो?....................................... ......................
उत्तर शुन्य भएपछी गाउँ मागियो । पाइयो गाउँ अर्थात खाइयो गाउँ । अनि फुकाइयो उत्तर
उत्तर - "भुकम्प" अर्थात
"भुइँचालो "।
-ताली पर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र् बज्थे ।
त्यो बेलाको ती क्षणमा हामी वास्तवमै रोमाञ्चित हुन्थ्यौं ।तर आज भुकम्पले साँच्चै गाउँ खाँदा चाहीं मन खिन्न भाएको छ ।
अहो ! गाउँ खानुको अर्थ त यो पो रहेछ - सबैले सबैकुरा गुमाउँदा मनले बल्ल गुह्य कुरा चाल पाएको छ ।
भुकम्पका कथा भनेर साथीबाट मैले भुकम्पका नाममा गाउँ खानु र यथार्थमा मेरा नाममा भएका सारा सारा गाउँ कथा बिना नै
भुकम्पले खानुमा कति अन्तर रहेछ !! आज यी सबैकुराले मन एक तमासको भाएकोछ । अझ भनुँ मन बेचैन र विचलित भएको छ ।
अनि अहिले नै सोध्न मन लागिरहेको छ
- "तिमिले मलाइ कुन गाउँखाने कथा सोध्यौ, मैले कुन चाहिं कथाको उत्तर मिलाइन र यसरी कपाकप मेरा गाउँहरु
खादैछौ,अनि छिन भरमै खण्डहरमा परिणत गराउँदैछौ मेरा पुस्तैनी धरोहरहरु?"
प्रश्न मेरो मनमा उठ्यो मनमै ठोक्कियो मनमा भुइंचालो लिएर आयो तर बिलाएन कतै । गाउँखाने कथा बारेको यो प्रश्न मन
भित्रै छ अहिलेसम्म अनुत्तरित - अनुत्तरित ।
(नोट : २०७२ साल बैसाख १२ गतेको बिनासकारी भुकम्प र निरन्तरका परकम्पनको त्रासदीमा मनमा आएका भावनालाइ तत्कालिन समयमा एकिकृत गरिएको तर प्रकाशनमा केहि ढिलाइ भएको । लेखन: 2072-04-31, प्रकाशन: 2074-04-32.)
--ओरष्टे-७,स्याङ्गजा, हाल ललितपुर