आवास मुक्त क्षेत्र
चोकनेरी पुग्दा
नपुग्दै मुल बाटोको छेवैमा एउटा अग्लो हरियो भरिलो उत्तिसको रुख देखिन्छ । अघिल्लो पटक आउँदा
सानो थियो यमानले बढेछ चौडाइतिर भन्दा लम्बाइतिर । भिरालो ठाउँ उकालो बाटोमा टाउको
ठाडो पारेर हेर्दा देखिन्छ सोही रुखको कापमा खियालागेको
फलामको फ्रेममा फलामकै तारले बाधेर झुण्ड्यार्इएको फ्लेक्स प्रीन्ट गरिएको होर्डिङ
बोर्ड ।
उ १२-१५ खुड्कीला माथि चढेर उभिन्छ र पढ्न पनि हम्मेहम्मे पर्ने उचाइमा रहेको सो
बोर्डमा लेखिएका अक्षरहरु हेर्छ । माखी
परेको सेतो फ्लेक्समा राता निला सन्देशबाहक अक्षरहरु प्रष्ट देखिन्छन् जस्ताको
तस्तै ।
"याद गर्नुहोला तपाइ अहिले खुल्ला
दिशामुक्त क्षेत्रमा प्रवेशगर्दै हुनुहुन्छ ।"
गतबर्ष गाउँलेहरुको नाममा आएको गा वि स को विकास बजेटको प्रमुख अंश यसै
शिर्षकमा खन्याइएको थियो । उनीहरुको सहमतीबिनै चलाइएको थियो कार्यक्रम र गरिएको
थियो घोषणा पनि । फगत साक्षी बनेकाथे गाउँलेहरु यसमा । २ दिन चाहि बडो रमाइलो भो ।
घोषणा हुने अघिल्लो तयारीको दिनमा र भोलीपल्ट घोषणाको दिनमा । मान्छेको जमघट¸ जिल्लाका
प्रमुख दलका मुख्य नेताहरुको आगमन¸बाजागाजा झाँकी सहितको जुलुस¸ आमसभा अनि भाषण र
प्रतिबध्दताहरु ।
तर तेश्रो दिन फेरी
नियमिततामा फर्केथे गाउँलेहरु । यी सबैकुरा उसलाइ किन थाहा थियो भने संयोगले उसले
यस कार्यक्रममा सहभागीहुने अवसर पाएको थियो ।
गाउँतिर अगाडी बढ्दै जाँदा उराठ लाग्दो दृश्यहरु देखिन्छन् ।
पहिले जाँदा बस्ने गरेका घरका पिढीहरु छन् तर गुन्द्री छैनन् । आँगन छ तर छाना छैन । मानीसहरु सबै पाल र जस्ताको टहरामा बास बसीरहेका छन् । मान्छे तुषारो छल्न
खोज्दैछन्¸तुषारो मान्छे छल्न खोज्दै छ । मानौं जसोतसो आफ्ना दैनिक काम निब्ट्यायर
झन्डै माइनस पुग्ने तापमानमा रमाइरहेको शित र तुसारोसग संघर्षरत जीवन मात्र बाँकी छ
गाऊँमा । यही नै हो यहाँको यथार्थता ।
बैशाख १२¸१३¸२९ तथा नियमित आइरहेका भुकम्प र पराकम्पनले निम्त्याएको बिनास¸ थिलोथिलो बनाएको गाउँ¸ र अस्तब्यस्त गाउँले जनजीवन ।
बैशाख १२¸१३¸२९ तथा नियमित आइरहेका भुकम्प र पराकम्पनले निम्त्याएको बिनास¸ थिलोथिलो बनाएको गाउँ¸ र अस्तब्यस्त गाउँले जनजीवन ।
उसलाइ नराम्ररी
चिमोट्छ मनमा भित्रैदेखी । ।
स्थान उही तर दृश्य फरक ,
मौसम उही समय फरक ,
जीवन उही तर संघर्ष फरक ,
आत्मियता उही तर अभिब्यक्ति
फरक ।
यही फरक परिस्थिती र समयमा उसलाइ चिच्याएर भन्न मन लाग्छ ।
"माफ गर्नुहोला तपाइ अहिले खुल्ला आवास युक्त
क्षेत्रमा प्रवेशगर्दै हुनुहुन्छ । किनकी यो अहिले
खुल्ला दिशामुक्त होइन खुल्ला आवास युक्त क्षेत्र हो¸ आवास मुक्त क्षेत्र हो
। हो यो अहिले आवास मुक्त क्षेत्र हो ।
बरु यसको घोषणा चाहि
जतिसक्यो चाँडो गरियोस् ।"
मन एकतमासको हुन्छ ।
चारैतिर हेर्छ
साच्चै याद गर्न मन लाग्छ उसलाइ ती होर्डीङ बोर्डका वाक्यहरु ।
परिवर्तित सन्दर्भले
कुनै असर गरेको थिएन¸ बेस्करी जिस्क्याए जस्तो¸ गिज्याए जस्तो अनि छाप्रामा रातभरी
हिउँ ओढेर सुतेका गाउँलेलाइ खिसी गरेजस्तो होर्डीङ बोर्डका अक्षरहरु उसैगरी
मुस्काइरहेथे आफ्नै पारामा, निर्भिक भएर
"याद गर्नुहोला तपाइ अहिले
खुला दिशामुक्त क्षेत्रमा प्रवेशगर्दै हुनुहुन्छ ।"
२०७२।१०।०४ सोमबार ।