मेरो भान्छाको तरकारी र नेपालको संबिधान !!!
बिहान भान्सामा अामाले खाना बनाउनुभो । सबैजना सँगै खाना खान बस्याैं । बिहानको खाना प्राय उही हो दाल, भात, तरकारी, अचार ।
म अली कम नुन खाने, मेरी श्रीमती अमिलो पिरो अनि चटपट टाइपको खाना मन पराउछिन् । बाबालाइ डायबीटीज छ बिगत १५ बर्ष देखी । उहाँलाइ अालुको परिकार बन्देज छ चिकित्सकको परामर्शबाट । ३ बर्षको छोरा अालुको परिकार भनेसी हुरुक्क हुन्छ तर पिरो खान सक्दैन । अामाको चाही ब्लड प्रेसर अलि बढी छ । उहाँलाइ लागि चिल्लो पिरो अमीलो नखानु भन्ने सल्लाह पाएकोले मुख बार्नुहुन्छ । मलाइ करेला मन नपर्ने तर अरु सदस्य करेलाका पारखी ।
यसरी हेर्दा मेरी अामाले ५ जनाको परिवार सदस्यका लागि दैनिक ५ थरी तरकारी बनाउनु पर्ने हुन्छ - नुन नभाको, अालु भाको, नुन पिरो कम भाको, अालु नभाको, ट्वाक्क नुन अाको चटपट टाइप ।
तर भान्छामा जम्मा १ थरी या २ थरी मात्र तरकारी पाक्छ । हामी सबैले त्यही १ थरी तरकारी नै खान्छाै । हामी कहिले पनि र कसैले पनि तरकारी अाफ्नो स्वाद अनुकुल भएन भनेर तरकारी नष्ट गरेको, अामालाइ अपमान गरेको, अामासँग नबोलेको,वल्लो पल्लो घरका छिमेकीलाइ भन्न गएको अथवा ति छिमेकीले हाम्रो भान्छामा हस्तक्षेप गरेको र यो या त्यो भनेर राय सुझाव दिएको मलाइ याद छैन । शायद अब पनि हामी त्यसो गर्दैनाैं । बरु हामी अाज यो तरकारी बनाउँ खाउँ भनेर सल्लाह नै गर्छाैं । अाफु अनुकुल स्वाद ल्याउन नुन थप्छाैं खुर्सानी ठाेस्छाैं अालु तर्काउछाैं अनि पानी थप्छाैं । खुशीसाथ सन्तुष्ट भएर खाना खान्छाै् ।
जब ५ जनाको परिवारमा त यस्तो बिभिन्न रुचि र चाहना हुन्छ भने पाैने ३ करोड नेपाली सबैका चाहना पक्कै पनि एउटा सम्बिधानभित्र समेटिन सक्दैन । तर सबैबाट यसलाइ अपनत्व ग्रहण गरेर यस भित्र भएका त्रुटीहरु सच्याउदै अाफु अनुकुल सहज बनाउन सकिने छ । यसैपनि यो सम्बिधान गतिशील दस्ताबेज हो कुनै धार्मिक ग्रन्थ होइन
मेरो विनम्र अाग्रह छ सबैमा कोही पनि देशको मुल कानुन मन परेन भनेर च्यात्ने जलाउने या कसैमाथि अारोप प्रत्यारोप नगराैं ।
सच्याउ अन्यायमा परेका कुरा मज्जाले मन्थन गराैं । मिलेर बस्नुमै हाम्रो कल्याण छ । घरकाे झगडा या असन्तुष्टीमा छिमेकी नगुहाराैं ।
जय देश ! जय नेपाल !!
मेरो विनम्र अाग्रह छ सबैमा कोही पनि देशको मुल कानुन मन परेन भनेर च्यात्ने जलाउने या कसैमाथि अारोप प्रत्यारोप नगराैं ।
सच्याउ अन्यायमा परेका कुरा मज्जाले मन्थन गराैं । मिलेर बस्नुमै हाम्रो कल्याण छ । घरकाे झगडा या असन्तुष्टीमा छिमेकी नगुहाराैं ।
जय देश ! जय नेपाल !!