नाकाबन्दीमा लिफ्ट !!!
२०४५ सालको नाकाबन्दी सुनियो मात्र ।
यस पटककाे नाका बन्दी भोगियो राम्रैसँग ।
ग्यास अभाव
पेट्रोल अभाव
यसले नयाँ नयाँ अनुभव हुदै छ गरिदैछ ।
साझा बसमा यात्रा गरेकाे अनुभव काठमाण्डाै वालिङ चल्ने रुटमा २०५२-५३ सालमा गरिएको थियो । अस्ति बुधबारकाे दिन पुन: अनुभवको पुनराबृत्ती भो गाैशाला देखि ज्ञानेश्वर सम्मको रुटमा ।
सोही दिन काठमाण्डाै उपत्याकामा करीब करीब १२ बर्ष पछि ५ कि मि साइकलमा यात्रा समेत गरियो । दुबै क्षण रमाइला रहे ।
हिजो कार्यालयबाट फर्किने क्रममा करीब ३५ मिनेट बस कुरें तर कुनै उपाय हात नलागे पछि पैदलै हिड्ने तयारीमा थिएँ होण्डा साइन बाइक छेवैमा राेकियो -"सर कहासम्म हो म सहयोग गरुँ ?" एक भद्र युवा अाफै RIDE SHARE का लागि अाग्रह गर्दै अाइपुगे ।
यो बेला कसले नाइ भन्ला र ।
-"म जाने त बानेश्वर हो तर तपाइलाइ रुट पर्ने ठाउँसम्म मलाइ छाेडीदिनुहोला ठूलो सहयोग हुनेछ" भनें ।
- "जाने म पनि बानेश्वर नै हो तर मैतीदेबीसम्म मात्र हजुरलाइ लैजान सक्छु, त्यहाँ मेरो मान्छे कुरी रहनुभएको छ ।"
मैले "हुन्छ नि " भनें ।
मैले करिब ५ मिनेट ती भाइको बाइकमा यात्रा गरें ।
मैतीदेबी पुलिस बिटनेर बाइक रोक्दै उनले भने "ल सर मैले यत्ती मात्र गर्न सकें ।"
सहयोगी मात्र होइन मृदुभाषी पनि थिए उनी ।
धन्यबाद दिएर बाटो लागें । गर्न सक्ने त्यत्ती नै थियो त्यो बेला ।
ती भाइको लागि यो सानो काम मेरा लागि ठुलो सहयोग थियो यो ।
मैतीदेबी देखि पुरानोबानेश्वर चोकसम्म पैदल अाएँ ।यतीबेला मैले देखें एक्लै एक्लै बसेर या खाली सीटमा सरकारी र निजी सवारी साधनहरु प्रशस्तै गुडीरहेका थिए ।
सोचें सीट खाली राखेर ठुला ठुला सवारी कुदाउने र अाफुलाइ ठुलै ठानेर अात्मारतिमा रमाउनु सट्टा यो संकटको बेलामा अाफ्नो रुट पर्ने ठाउँसम्म त्यो खाली सीटमा अशक्त अपाङ्ग या अरु कसैलाइ पनि Lift दिएर सहयोग गर्दा अाफू सानो भइदैन बरु अरुका नजरमा समेत ठूलो बनिन्छ भनेर कसले बुझाइदिने यी मनुवाहरुलाइ ?
सकारात्मक पाटो मान्नुपर्छ अहिलेका युवाहरु धेरै नै सहयोगी र सचेत छन्